arrow

एनएसजेएफ स्पोर्टस अवार्डका लागि अजोड इन्स्योरेन्ससँग सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
nsjf-ajod-81-5-21.jpg

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औँ संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ । 

युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सह–प्रायोजकको रूपमा रहनेछ ।

मञ्चका सम्पूर्ण सदस्यहरूलाई जनही ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा पोलिसी प्रदान गर्नेछ । यसका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा शुक्रबार प्रायोजन सम्झौता भएको छ । 

सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतापछि सीईओ रावलले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रममा सहप्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुशी लागेको बताए । 

मञ्चका अध्यक्ष सुवेदीले एआईपीएस एसियाको २५ औँ कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताए । 

पल्सर स्पोर्टस अवार्ड २०८० मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । 

त्यस बाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ । अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् । 

ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहने छ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । 

अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ