arrow

खेलुकदमा विधि विधान तोडिँदै 

कीर्तिमानी ओलम्पियन संगीनालाई राखेपले गर्‍यो अपमान, जुनियरलाई निर्देशक बनाएपछि दिइन् राजीनामा

मन्त्रीलाई पत्तो छैन, सदस्य सचिव घिसिङ नैतिक प्रश्नको घेरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
sangina-vaidhya-olympian.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कीर्तिमानधारी ओलम्पियन संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उपनिर्देशक राजीनामा दिएकी छिन् ।

राष्ट्रिय खेलुकद परिषदले आफूभन्दा जुनियरलाई निर्देशक बनाएपछि अपमान भएको महसुस गर्दै उनले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । 

सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल तेक्वान्दो प्रशिक्षक संगीना झण्डै दुई वर्षदेखि उपनिर्देशक छिन् ।

तर उनलाई निर्देशक बनाउनुको सट्टा राखेपले उनीभन्दा जुनियर कराँते प्रशिक्षक सोभितराज प्रसाईंलाई निर्देशकको जिम्मेवारी दिएपछि उनले राजीनामा दिएकी हुन् । 

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले गत भदौ १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा राखेपले प्रसाईंलाई सो‌ पदको जिम्मेवारी दिइएको थियो ।

उनी भन्छिन्, ‘निर्देशकको पद रिक्त भएपछि त उप‌निर्देशकहरु मध्येबाट बनाउनु पर्यो नि मभन्दा जुनियरलाई निर्देशक बनाएपछि म पदमा बसिरहन मेरो नैतिकताले दिएन । त्यसैले राजीनामा गर्न बाध्य भएकी हुँ ।’

खेलाडी जीवनदेखि अनुशासित संगीना अहिलेसम्म कुनै पनि विवादमा आएकी छैनिन् । अनुशासनलाई नै खेलुकदको आदर्श भएको बताउँदै आएकी संगीनामाथि नै यसरी कू होला भन्ने उनले सोचेकै थिइनन् । 

उनले भनिन्, ‘खेलकुदमा बेथिति छ यसलाई सफा गर्नुपर्छ भनेर पहिलेदेखि नै लागियो । अहिले पो अपमान गरेर पुरस्कार दिएजस्तो भयो ।’

हाल उपनिर्देशकमा एसियन तेक्वान्दोमा स्वर्ण तथा दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी संगीना र अर्का ओलम्पियन विष्णुबहादुर सिंह छन् । तर दुवै जनाभन्दा बाहिर गएर राखेपले प्रसाईंलाई निर्देशक बनाएको हो । 

हुनत राखेपले तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलालाई निर्देशकको‌ जिम्मेवारी दिएको छैन । त्यही साँघुरो सोचले हो वा पूर्वाग्रही भएर हो राखेपले विधि र विधान मिचेको स्पष्टै छ । 

प्रसाईंको प्रवेश संगीनाको भन्दा अगाडि भए पनि संगीना भने पहिले अधिकृत भएकाले पनि उनी सिनियर हुन् । 

संगीना २०५२ साल भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी थिइन् । उनी २०६३ साल पुस २१ गते बढुवा भएकी थिइन् । २०५० साल असोज ८ गते ३ गने करारमा राखेपमा प्रवेश गरेका प्रसाईंको‌ भने संगीनाको भन्दा एक वर्ष ढिला पदोन्नती भएको थियो । 

प्रसाईंको २०६४ साल पुस २७ मा बढुवा भएको थियो ।

सदस्य सचिवले जवाफ दिनुपर्ने 
राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष मन्त्री हुन्छ । युवा तथा खेलुकद मन्त्री तेजुलाल चौधरीले भने यसबारेमा आफूलाई केही पनि जानकारी नभएको बताएका छन् । 

उनले भने, कहाँ मैले त्यस्ताे गर्छु । राखेपले गर्याे कि के हाे ? मलाई थाहा भएन बुझ्छु म ।'

यसको मतलब सदस्य सचिव टंकलाल घिसिङले आफू मातहतबाट जुनियरलाई निर्देशक बनाउने काम भएको स्पष्ट छ । 

उनी नैतिकताको घेरामा परिसकेका छन् । अब उनले आफूले गरेको गल्ती सच्याउँछन् कि पेलेरै अगाडि बढ्लान् भन्ने भोलिका दिनले देखाउँछ । 

खेलकुदमा अनुशासन हुने हुनाले अनुशासन, विधि र विधान कसैले तोड्न पाइँदैन । तसर्थ उनले गल्ती सच्याउँछन् कि इमानको कठघरामा उभिन्छन् भन्ने प्रश्न गम्भीर बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ