arrow

हेटौंडामा बन्यो ‘पिप्ले क्याम्पा रंगशाला’

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७८ फागुन २७ शुक्रबार

हेटौडा। हेटौडामा रंगशाला बनेको छ । हेटौंडा उपमहानगरपालिका- ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमै तयार भएको मिनि रंगशालाको आज उद्घाटन गरिएको छ ।

पिप्ले युवा क्लबको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको रंगशाला आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।

उक्त रंगशाला करिब पौने २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडावासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ, विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको घिमिरेले बताए ।

रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ ।  घिमिरेका अनुसार पछी २० हजार क्षमताको रंगशालानको रुपमा यसलाई विकास गरिनेछ । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ । अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ