arrow

दार्चुलामा सुनाखरीसहित एक जना पक्राउ 

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७८ फागुन २८ शनिबार
arrest-final.jpeg

दार्चुला । बहुमूल्य जडिबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोमा सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ