arrow

स्थानीय तहको चुनावपछि प्रेस युनियनको महाधिवेशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

प्रेस युनियन केन्द्रीय सचिवालयको आइतबार सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ समितिसमेत गठन गरेको छ । 

अध्यक्ष सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरुलाई हार्दिक आह्वान गरेका छन् । 

स्थानीय तहको निर्वाचन बैशाख ३० गते भएपछि नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको चुनावी महाधिवेशन हुन लागेको हो । 

२०७१ सालको भदौमा पोखरामा प्रेस युनियनको चुनावी महाधिवेशन भएपछि अहिलेसम्म अर्को महाधिवेशन हुन सकेको छैन । पटक पटक मिति तय गरे पनि सर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ