arrow

मकवानपुरको भीमफेदीमा बर्डफ्लू देखिएपछि कुखुरा नष्ट

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २ बुधबार
BIRDFLU.jpg
file photo

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा बर्डफ्लू देखिएपछि कुखुराहरू नष्ट गरिएको छ । गाउँपालिकाको आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लू पुष्टि भएसँगै त्यस क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो ।

बर्डफ्लू पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी दाना र १५ वटा अण्डा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

मकवानपुरमा सोमबार बर्डफ्लू पुष्टि भएको थियो । बर्डफ्लू पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले संक्रमित क्षेत्र नियन्त्रणमा लिई दुहिदिन लगाएर कुखुरा नष्ट गरिएको हो ।

बर्डफ्लू पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्डफ्लू नियन्त्रण समितिले तीन बुँदे निर्णय समेत गरेर जिल्लामा बर्डफ्लू फैलिन नदिन कडाइ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ