arrow

मकवानपुर प्रहरीद्वारा एक लाख रुपैयाँसहित ५ किलो अफिम बरामद

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २ बुधबार
bbbbb.jpg

मकवानपुर। मकवानपुर प्रहरीले ५ किलो लागूऔषध अफिमसहित एक लाख रुपैयाँ बरामद गरेको छ ।

बुधबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको विशेष टोलीले जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित  तामलाङबाट अफिम बरामद गरेको हो ।

तामलाङबाट मनहरी तर्फ आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल र झोला छोडी व्यक्ति फरार भएपछि झोला चेकजाँच गर्दा झोला भित्र ५ किलो अफिम जस्तो देखिने पदार्थ र नगद एक लाख फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ