arrow

रुस-युक्रेन युद्ध : बाइडेन र सीबीच फोनवार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
biden-xi.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रवार फोनवार्ता हुने भएको छ ।

रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बेला चीनको बढ्दो रुसी मोहलाई लिएर चिन्ता बढ्दा बाइडेनले सीसँग वार्ता गर्न लागेका हुन् । अमेरिकी चेतावनीकाबीच चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउन सक्ने देखिएको छ ।

यसअघि एक ब्रीफिङमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले 'रुसको आक्रामकतालाई समर्थन गर्ने कुनै पनि कार्यको लागि चीनले जिम्मेवारी वहन गर्ने र त्यस्ता कार्यको 'लागत'  भोग्नुपर्नेछ भन्ने कुरा स्पष्ट पार्न' कुराकानी हुन लागेको बताएका थिए ।

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमी देशहरू र सहयोगीहरू कडा प्रतिबन्ध लगाए पनि चीनले भने त्यस्तो कुनै कदम चालेको छ । यसबीचले चीनले उल्टै रुसलाई सैन्य सहयोग गर्न खोजिरहेको कुरा बाहिर आएका बेला बाइडेनले गत नोभेम्बरपछि सीसँग आज कुराकानी गर्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ