arrow

आधा केजी चरेशसहित वडासदस्य पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
pakrau9.jpg

दार्चुला । दार्चुलामा अवैध लागूऔषधसहित वडासदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

व्यास गाउँपालिका वडा नम्बर ५ का वडासदस्य मोहन विष्टलाई महाकाली नगरपालिका-४स्थित तितरसैनको आफ्नै किराना पसलबाट शुक्रवार बिहान करिब ५ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो ।

पसलमा छापा हान्दा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  पसलबाट ५ डिब्बामा राखिएका स-साना पुडिया बरामद गरिएको छ ।

डिब्बासहित बरामद गरिएको चरेशको परिमाण १ किलो २ सय ५० ग्राम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ