arrow

यूएईलाई जित्न नेपाललाई १६९ रनको सामान्य चुनौती, सोमपाल र करण नायक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
nepal-uae-odi-2022.jpg

काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा अहिले संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । 

नेपालले जितका लागि १६९ रनको चुनौती पछ्याउँदैछ । यसअघि टस हारेर पहिले फिल्डिङ गरेको नेपालले आकर्षक बलिङ्ग प्रदर्शन गर्यो ।जसका कारण यूएई घरेलु शारजहाँको मैदानमा ४६.३ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटियो । 

रोहन मुस्तफा र सी रिजवानले समान ४० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ४, करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए । 

नेपाल श्रृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यूएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने सामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ