arrow

यस्तो हुनेछ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
weather-2022-evergreen.jpg
तस्बिर– फाइल

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ