arrow

सुपा देउराली मन्दिर संचालक समितिमा दलीय बाँडफाँड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
supa-deurali-arghakhanchi.jpg

अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको प्रसिद्ध सुपा देउराली मन्दिरको संचालक समितिमा नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँड गरेका छन् । 

केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ–डेढ वर्ष नेतृत्व गर्ने गरी बाँडफाँड मात्र गरेका छैनन् कार्यसमितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँड गरेका छन् । 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सीमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं ७ र शितगंगा नगरपालिकाको वडा नं २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् । 

एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर संचालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल कांग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्वसहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली कांग्रेसको तर्फबाट समितिमा रहने छन् ।

पश्चिम नेपालकै गहनाको रुपमा विकास भई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास भइसकेको सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरुको छ ।

नवनिर्वाचित अध्यक्ष केसी भने आफूहरु विधानअनुसार नै अगाडि बढेको दाबी गर्छन् । आधा आधा कार्यकाल नेतृत्व गर्ने र दुई दलले पदाधिकारी तथा सदस्य बाँडेको बारेमा भने केसीले कुनै प्रतिक्रिया दिन चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ