arrow

त्रासबीच पीएनजीविरुद्ध नेपाल मैदानमा, ज्ञानेन्द्र आउट, भीमको डेब्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
team-nepal-cricket-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेलिरहेको छ । यूएईको दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

नेपालका लागि भीम सार्कीले डेब्यु गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बाहिरिएपछि उनको स्थान भीमले लिएका हुन् । 

नेपालले यसअघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएकोमा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।

त्यतिमात्र हैन श्रृंखलाको अन्तिम खेल खेलिरहँदा पछिल्लो खेलमा पीएनजीले यूएईलाई हराएकाले पनि नेपाल सचेत रहेर खेलिरहेको छ । नेपालले भने यूएईविरुद्ध दुवै खेल हारेको छ । 

यो श्रृंखलाको पहिलो खेलमा नेपालले पीएनजीमाथि २ विकेटको कठिन जित निकालेको थियो । 

नेपालले अहिलेसम्म एक खेल जित्दा दुईमा हार बेहोरेको छ । पीएनजीले दुई खेलमा हार तथा एक खेलमा जित निकालेको छ । यूएईले तीन खेल जितेर श्रृंखलामाथि कब्जा जमाइसकेको छ । 

यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।

लिग २ को सबैभन्दा कमजोर टिम पीएनजीले यूएईलाई पराजित गरेसँगै उसको मनोबल उच्च भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ