arrow

मापसे गरेकी श्रीमतीले धकेलेर गयो श्रीमानको ज्यान

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७८ चैत ८ मंगलबार
death-1618215084.jpg

हेटौंडा। घर झगडाले उग्र रुप लिँदा हेटौंडामा एक जनाको ज्यान गएको छ । मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका ३ स्थित जम्बुचौतारामा श्रीमान र श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी ४१ वर्षीया अनिता विकले आफ्ना श्रीमानलाई विवादका क्रममा धकेल्दा उनी लडेर अचेत बनेका थिए । अचेत भएका ४३ वर्षका मित्रलाल सुनारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अनितालाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ