arrow

राप्ती नदीमा ठेकेदारलाई दशैं : तोकिएको मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन

सम्बन्धित निकाय मौन, स्थानीयद्वारा बढी उत्खननको विरोध

logo
नारायण वली,
प्रकाशित २०७८ चैत ९ बुधबार
20220323_155147.jpg

रुपन्देही। दाङ-अर्घाखाँची सिमानामा रहेको अर्घाखाँची तर्फ पर्ने राप्ती नदीमा तोकिएको मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खननले ठेकेदारलाई दशैं आए सरह भएको छ। अर्घाखाँचीको सितगंगा नगरपालिकाले लगाएको नदीजन्य पदार्थको उत्खनन सम्बन्धित ठेक्काले यति वेला राप्तीमा ढुवानी गर्न प्रयोग गरिएका सवारीसाधन दिनहुँ भरिभराउ हुने क्रम जारी छ।

नगरपालिकाले लगाएको ठेक्कामा ८० सेन्टिमिटर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न पाउने नियम उल्लेख गरे पनि तर यता ठेकेदारको रजगज बढ्दै गएको र तोकिएको मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्दै आएको पाइएको छ ।

जसले गर्दा राप्ती नदीको प्रगन्ना तथा वड्कापथ कुलो सिँचाइ आयोजनालाई प्रभावित हुने गरी मनपरी उत्खनन गरिएको त्यहाँका किसानहरूले आक्रोश पोखेका छन् ।

प्रगन्ना कुलो सिँचाइ आयोजनाको मुहान नजिक बाट मनपरी रूपमा राप्ती नदीमा नदीजन्य पदार्थको उत्खनन गरेपछि पानीको मुहान माथि असर पर्ने र सिँचाइ प्रणालीलाई प्रभावित पार्ने भएकाले नियम विपरीत नदीजन्य पदार्थको उत्खनन बारे सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा जोड दिनुपर्ने प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले बताएका छन् ।

अध्यक्ष चौधरी वड्कापथ कुलो सिँचाइ आयोजनाको नवनिर्मित संरचनामा समेत असर पर्ने देखिएको जनाएका छन् । उनले भने, ८० सेन्टिमिटर मात्रै गहिरो बनाउनुपर्ने भए पनि तर राप्ती नदीमा दुई मिटर गहिरो गरी नदीजन्य पदार्थको उत्खनन गरिएको र नदीले दक्षिण तर्फ धार बदल्ने जोखिम बढेको बड्कापथ कुलो सिँचाइ प्रणाली जल उपभोक्ता मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले जानकारी दिए।

अध्यक्ष चौधरीले हरेक वर्ष प्रगन्ना तथा वड्कापथ सिँचाइ आयोजनालाई असर पर्ने गरी नदीजन्य पदार्थको उत्खनन भइरहेको भन्दै, स्थानीय तहले स्थानीय नागरिकसँग कुनै समन्वय नगरी बस्ती र खेतीयोग्य जमिनलाई समेत आगामी दिनमा नराम्रो सँग असर पर्ने गरी ठेक्का लगाउने र ठेकेदारको मनपरी बढ्दै जाँदा पनि प्रहरी प्रशासन एवं जिल्ला समन्वय समिति चुप लागेर बस्नुलाई स्थानीयहरूले सम्बन्धित निकाय गैर जिम्मेवार बन्नुलाई सेटिङ भएको हुनसक्ने अनुमान गर्न थालेको जनाएका छन्। 

प्रगन्ना कुलो सिँचाइ आयोजना बाट राप्ती नदीको पानी ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको भए पनि तर, बेलाबखत हुने अनियन्त्रित उत्खननले  सिँचाइ प्रणालीमा विकराल समस्या उत्पादन गरिदिने स्थानीयहरूको भनाई छ ।

स्थानीय किसान तिलक न्यौपाने भन्छन्, नदीजन्य पदार्थको जथाभाबी उत्खननले आगामी दिनमा सिँचाइ प्रणालीमा असर गर्ने भएकाले यस विषयमा सम्बन्धित निकाय मौन बस्न नहुने तर्क गरे।

यसबिषयमा हाम्रा कुरासँग कुरा गर्दै, सितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने हामीले ठेक्का आह्वान गरी नदीजन्य पदार्थको उत्खनन थालिएको हो। नियमभन्दा बाहिर गएर उत्खनन गरिएको छैन। रोयल्टी काटेर दिएका छौं। नियमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र प्रहरीले गरिरहेको छ ।

तर, नगरप्रमुख अधिकारीले ठेक्कामा तोकिएको घन मिटर भन्दा धेरै उत्खनन भएको पाइएको छ नि?  के त्यो नियम अनुसार हो ? भन्ने जिज्ञासामा नगरप्रमुख अधिकारीले पानीको बहाव मिलाउनका लागि कहिँकतै धेरै उत्खनन गर्नुपर्ने गैरकानूनी जवाफ दिए।

यस्तै, उनले नदीजन्य पदार्थ ठेक्कामा तोकिएको भन्दा धेरै उत्खनन गर्न पाउने प्रावधान नदीजन्य पदार्थ सम्बन्धी वनेको प्रदेश नियमावलीमा उल्लेख गरिएको छैन,। त्यसो गरेमा चोरी पैठारी गरेको ठहर हुने र कानुन अनुसार कारबाही हुने जनाइएको छ।

थप,सो सम्बन्धमा बुझ्नका लागि सितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको फोन उठेन, भने सूचना अधिकारी कार्यक्रममा व्यस्त भएको पन्छिए। बुधवार ठेकेदारले स्थानीयहरूले विरोध जनाएको ठाउँ परिवर्तन गर्दै, अर्को स्थान बाट उत्खनन गर्न थालेको पाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ