काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सच्याउन पार्टी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले माग गरेकी छिन् ।
असहमतिको सम्बन्धमा अध्यक्ष ओलीलाई पत्र लेख्दै झाले ‘मधेस प्रदेश कमिटी अध्यक्ष ज्यूको राजनीतिक प्रतिवेदनमा उल्लेखित रौतहत जिल्ला अधिवेशन सम्पन्न भयो भन्ने भ्रम र झुटमाथि आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग गर्दछु ।’
उनले लेखेकी छिन्, ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिको बाबजुद हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्दा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरिदिनु हुन केन्द्रीयढ अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु ।’