arrow

आज राति एनआरएनएको आकस्मिक बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
NRNA_1618131765.jpg
तस्बिर– फाइल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक आज राति बस्दैछ । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माका अनुसार संघको बैठक नेपाली समयअनुसार राति ९ बजे बस्न लागेको हो । 

शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिबार देखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ । 

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ