arrow

नेपाल र पीएनजी मैदानमा, घरमै नेपाली खेलाडीहरुको फितलो बलिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
nepal-png-kirtipur.jpg

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । तर घरेलु मैदानमा नेपालले सोचेअनुसारको बलिङ गर्न सकिरहेको छैन । 

पीएनजीले २१ रन जोड्दा पहिलो, ७० रन जोड्दा दोस्रो, १४४ रन जोड्दा तेस्रो, १४५ रन जोड्दा चौथो विकेट गुमाएको छ । 

कप्तान असद भालाले ५५ बलमा ६० रन बनाएका छन् । ओपनर टोनी युरा ३८ रन बनाएर आउट भए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । 

राष्ट्रिय टिमबाट यही खेलबाटै देव खनालले डेब्यु गरेका छन् । उनले यू–१९ एसिया कपमा नेपालबाट कप्तानी गरेका थिए । 

दुई खेलको एकदिवसीय श्रृंखला र त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको लागि पीएनजी नेपाल आएको हो । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेलेर पीएनजी नेपाल आएको हो ।

दुवै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । पहिलो खेलमा नेपालले २ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

घरेलु मैदानमा जारी श्रृंखलाको दोस्रो खेल शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ