- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको उत्तर प्रदेशको इतिहासमा लगातार दोस्रो पटक मुख्यमन्त्री बन्दै योगी आदित्यनाथले कीर्तिमान रचेका छन् । अहिलेसम्म कसैले पनि पहिलो कार्यकाल पूर्णरुपले खाएर दोस्रो कार्यकाल शुरु गर्न पाएका थिएनन् ।
उनले आज शपथ लिँदैछन् । स्थानीय समयअनुसार अपरान्ह ४ बजे लखनलस्थित अटल बिहारी वाजपेयी इन्टरनेशनल क्रिकेट स्टेडियम (इकाना स्टेडियम) मा शपथ हुनेछ ।
उक्त शपथमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत कयौं केन्द्रीय मन्त्री सहभागी हुनेछन् । १२ भाजपा शासित राज्यका मुख्यमन्त्री पनि सामेल हुनेछन् ।
यसअघि बिहीबार बसेको भाजपा विधायक दलको बैठकले आदित्यनाथलाई विधायक दलको नेता चुनेको थियो ।
योगीको दोस्रो कार्यकालमा ४५–४६ मन्त्रीले शपथ लिन सक्नेछन् । बिहीबार ५० नेतालाई चियाका लागि बोलाइएको थियो ।
नयाँ बन्ने मन्त्रिपरिषद्मा १६–१७ जना पुरानो मन्त्रिमण्डलबाट दोहोरिने छन् । त्यस्तै २० नयाँ अनुहार आउने दाबी गरिएको छ ।