- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा गोरखपुर प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । युवकको नाम भने खुलाइएको छैन ।
उनले आइतबार राति ११ बजे आफ्नो व्हाट्सएप स्टाटसमा मुख्यमन्त्री योगी विरुद्ध अपमानजनक टिप्पणी पोस्ट गरेका थिए । सो पोस्ट चाँडै समाजिक सञ्जालमा भाइरल भयो। सो कुरालाई मध्यनजर गर्दै सोमबार प्हरीले उनलाई पक्राउ गरेको हो ।
शान्ति भङ्ग गर्ने नियतले जानीजानी अपमान गरेको अभियोग रहेको छ ।