arrow

पीएनजीविरुद्ध घरेलु मैदानमा जित हासिल गर्न नेपाललाई दुई सय ९३ रनको लक्ष्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
nepal-png-kirtipur.jpg

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जितका लागि नेपालले २९३ रनको चुनौती पाएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरे पनि अपेक्षाकृत बलिङ गर्न सकेन । 

फितलो बलिङ सामु हावी भएको पीएनजीले पूरै ५० ओभर खेल्न सफल भयो । उसले ८ विकेटको क्षतिमा २९२ रन बनायो । चार्लस अमिनीले सर्वाधिक ७७ रन बनाएको इनिङ्समा कप्तान असद भालाले ५५ बलमा ६० रन बनाएका छन् । नोर्मान भानुआले २८ बलमा ४७ रन जोड्दा ओपनर टोनी युरा ३८ रन बनाएर आउट भए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी र सोमपाल कामीले २–२ तथा सन्दीप लामिछान र पवन सर्राफले १–१ विकेट लिए । 

राष्ट्रिय टिमबाट यही खेलबाटै देव खनालले डेब्यु गरेका छन् । उनले यू–१९ एसिया कपमा नेपालबाट कप्तानी गरेका थिए । उनले  १ ओभर बलिङ गर्दा ६ रन दिए । 

दुई खेलको एकदिवसीय श्रृंखला र त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको लागि पीएनजी नेपाल आएको हो । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेलेर पीएनजी नेपाल आएको हो ।

दुवै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । पहिलो खेलमा नेपालले २ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

घरेलु मैदानमा जारी श्रृंखलाको दोस्रो खेल शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ