- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका किशनपिरमा नेकपा माओवादीबाट निर्वाचित वडासदस्य सहित अन्य पार्टीका सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
वडा नं १ का वडासदस्य युगल किशोर प्रसाद यादव माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १ कमिटी ले जनाएको छ।
वडा कमिटीको कार्यक्रममा वडासदस्य यादव सहित १ सय २५ जना माओवादी, लोसपा, जसपा लगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि, वडा सभापति मंसुरको सक्रियतामा वडा सदस्य यादव सहित सयौं व्यक्ति कांग्रेसमा प्रवेश गरेको नव प्रवेशी रामानन्द रायले जानकारी दिए ।