arrow

मकवानपुर प्रहरीद्वारा अफिम र बन्दुकसहित एक जना पक्राउ

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत ११ शुक्रबार
Untitled-1.jpg

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने पदार्थ र भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर गढी गाउँपालिका वडा नं। ५ बस्ने वर्ष ५२ को डिल बहादुर गोङ्वाले आफ्नो घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक फेला फेला पारेको प्रहरीले जनाएको छ ।

अफिम जस्तो देखिने पदार्थ, लागूऔषध गाँजा र भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ