- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा। मकवानपुर जिल्लाका निर्माण व्यवसायी आन्दोलित भएका छन् । देशभर निर्माण सामग्रीको चर्को मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेकोभन्दै उनीहरु आन्दोलित भएका हुन् ।
निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा समितिले जारी गरेको वीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियम दरमा भएको अत्याधिक वृद्धिको विषयलाई समेत आफ्नो आन्दोलनको विषय बनाएका छन् ।
शुक्रबार निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बालगोपाल कडेँलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने संघ मकवानपुर महासचिव बालकुमार मल्ल ठकुरीले सार्वजनिक ऐनमा आफूहरु गरेको विरोधको सुनुवाइ तत्काल नभएको खण्डमा निर्माण व्यवसायी थप आन्दोलित हुने बताए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत् शुक्रबार ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।