arrow

नेपाल र पीएनजी मैदानमा, टस जितेर नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
nepal-png-kirtipur-2nd.jpg

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उत्रँदा नेपाल जितसहित दुई खेलको शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । 

पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो । मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रनको कीर्तिमानसहित टोलीलाई जितनजिक पुर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन । 

हालै यूएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले यूएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो । तर नेपालको घरेलु मैदानमा भने नेपाल कमजोर देखियो । 

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पिएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पिएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ । 

यो शृंखला लगत्तै नेपालले पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला आयोजना आयोजना गर्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ