arrow

देवले जिते मन, दोस्रो खेलमै शानदार अर्धशतकसहित कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
dev-khanal-record.jpg

काठमाडौं । डेब्यु गरेको खेलमा विना रन पभेलियन र विना कुनै विकेटको बलिङबाट दुःखी बनेका र दुखी बनाएका युवा नेपाली क्रिकेटर देव खनालले दोस्रो अन्तराष्ट्रिय क्रिकेटमा भने अर्धशतक बनाएर सबैको मन जितेका छन् । 

शुक्रबार डेब्यु खेलमा निराशाजनक प्रदर्शन गरेका देवले दोस्रो खेलमा शुरुआतमै दुई विकेट गुमाएको अवस्थामा दबाबकाबीच पहिलो अर्धशतक प्रहार गरे । उनले पपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ८६ बलमा ७२ रन बनाए । उनले २चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । 

उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको साझेदारीको कीर्तिमान पनि जोडेका छन् । देव र दिपेन्द्र सिंह ऐरीले मिलेर तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरे । 

यसअघि यो साझेदारी शुक्रबार हिजोमात्रै रोहित पौडेल र आरिफ शेखको नाममा रहेको थियो । दुवैले पाँचौं विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ