arrow

मकवानपुरगढी गाउँपालिका 'बालमैत्री' घोषणा

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत १२ शनिबार
gadi-hamrakura.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ  ।

आज एक भव्य समारोहका विच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री घोषणा गरेका हुन्  । 'बालमैत्री स्थानिय साशन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान' भन्ने मूल नाराको साथ गाउँपालिका देशको चौथो तथा ५१ वटा सूचकमा नेपालको दोस्रो  बालमैत्री स्थानीय साशनयुक्त गाउँपालिका घोषणा गरिएको हो  ।

सामाजिक सुशासन कायम गर्ने उदेश्यले सामाजिक व्यवहार सुधार ऐन २०७६ निर्माण गर्दै सुशासनसहितको समृद्ध मकवानपुर गढी गाउँपालिकाको अभियान चलाउदै आज गाउँपालिकालाई बालमैत्री शासनयुक्त बनाउन सफल भएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले बताए  ।

भौतिक पूर्वाधारको विकासले मात्र समृद्धिको यात्रालाई पूर्णता दिन नसक्ने भएकाले बालबालिकाको क्षेत्रमा गरेको लगानीले सुनौलो भविस्य सुनिश्चित गर्ने अपेक्षासहित बालमैत्री स्थानीय सासन युक्त गाउँपालिकाको अभियानमा आफु लागेको उनले बताए  ।

बालमैत्री स्थानीय सासन युक्त गाउँपालिकाको घोषणासभा पश्चात दिगोपनाका लागि सामुहिक प्रतिबद्धतामा हस्ताक्षरसमेत गरिएको थियो  ।

नेपालको संविधान भाग ३, मौलिक हक धारा ३९, स्थानीय सरकार संचालन ऐन २०७४, बालबालिका ऐन २०७४, बालमैत्री स्थानीय साशन कार्यान्यन निर्देशिका २०७८ को पालना गर्दै ५१ वटा सूचक पुरा गरि मकवानपुरगढी गाउँपालिकालाई बालामैती घोषणा गरिएको हो  ।

गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु पुरा गरेपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्रदान गरेको। बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संथागत विकास मुख्य सूचक रहेका थिए ।

५ हजार ३ घरधुरीमा ८ हजार ३ सय ९० महिला, ८ हजार ४ सय १९ पुरुष र ८ हजार २ सय ९६ बालबालिका गरि गाउँपालिकामा कुल २५ हजार १ सय ५ जनसंख्या रहेको छ  ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ