arrow

प्रचण्डसँग गृहमन्त्रीले गरे भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
prachanda-comred.JPG

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्री बालकृष्ण खाँणले आज भेटवार्ता भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाँणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् । 

बिहान प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ । 

सरकारले आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल पनि भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ