arrow

मकवानपुरबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद, ५ जना पक्राउ

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत १४ सोमबार
Untitled-1.jpg

हेटौंडा। मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकी टोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौक टोलको कार्यालय अगाडी सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भैसेबाट हेटौडा तर्फ आउँदै गरेको प्र. ३-०१-०२३ च ५६४० नं.को योद्दा पिकअप गाडीमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १६५ किलो ८०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित हेटौडा उप-महानगरपालिका १३ पदम पोखरी बस्ने वर्ष २८ को अरविन्द नेपालीलाई गाँजा र योद्दा पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै सोमबार बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर खोला हुँदै खयरघारी तर्फ शङ्कास्पद रूपमा पिढ्युमा भारी बोकी आइरहेको अवस्थामा धादिङ रोराङ्ग गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३० को मान बहादुर चेपाङ, वर्ष ३९ को सन्त बहादुर चेपाङ, मनहरी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ५३ को बुद्धि बहादुर थिङ्ग र चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्गलाई नियन्त्रणमा लिई निजहरूले बोकेको बोराहरू चेकजाँच गर्दा लागूऔषध गाँजा १०० किलो फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई उक्त लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ