arrow

राप्रपा उपाध्यक्ष प्रधानको आरोप –देश बाहिरबाट परिचालितले पहिचान मेटाउन खोजे 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७८ चैत २० आइतबार
dhruba-bahadur-pradhan-2078.jpg

नवलपरासी पश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्व आईजीपी ध्रुबबहादुर प्रधानले देश भित्रका शक्तिले नभइ देश बाहिरबाट परिचालित व्यक्तिहरुले पहिचान मेटाउन खोजेको आरोप लगाएका छन् । उनले एमसीसीलाई लक्षित गरी नेपाली जनताको भरोसालाई सरकारले खतम पारेको भन्दै दुःख व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतापपुर गाउँपालिकाको वडा नं २ को वडा भेलामा बोल्दै उनले सो विचार राखेका हुन् । प्रतापपुर गाउँपालिका वडा नं २ को आदर्श माविमा भएको भेलामा बोल्ने वक्ताहरुले पार्टीको मुख्य एजेण्डा संवैधानिक राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र कायम, पूर्ण अधिकार सहितको स्थानीय निकाय कायम गर्दै संघीयता खारेजी हुनुपर्नेमा जोड दिएका थिए ।

भेलामा प्रमुख अतिथि प्रधानसहित विशेष अतिथि केन्द्रीय सहमहामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश उपाध्यक्ष खेमराज खरेल, जिल्ला अध्यक्ष ओमबहादुर सिंह,जिल्ला प्रवक्ता सन्तोष कुमार पाण्डे, बर्दघाट नगर अध्यक्ष गोविन्द शाही,प्रतापपुर अध्यक्ष दिवाकर चौधरी,अंजलि हरिजन,ओमप्रकाश चौधरी लगायतले बोलेका थिए ।

प्रतापपुर वडा नं २ का अध्यक्षको अध्यक्षतामा भएको भेलामा जिल्लादेखि प्रतापपुर गाउँपालिका विभिन्न तहका नेता तथा सक्रिय कार्यकर्ताहरु सहभागी थिए । उक्त भेलामा विभिन्न पार्टी परित्याग गरी पचास बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ