arrow

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
laxmi-bank-cycle-rally-2078.jpg

काठमाडौँ। लक्ष्मी बैङ्कका कर्मचारीहरूद्वारा स्थापित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्‍यालीको १२औँ संस्करण चैत्र १९ गते शनिवार काठमाडौँमा आयोजना गरेको छ।

टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकल यात्रीको सहभागितामा सुरु भएको सो र्‍याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो। र्‍यालीपश्चात् विभिन्न पेसा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषीको उपस्थितिमा १९७४ एडि ब्यान्डको साङ्गीतिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम लक्ष्मी बैङ्कको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो।

लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्धि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम सङ्कलन गर्ने प्रयोजनसहित साइकल र्‍याली कार्यक्रमको आयोजना गर्दै आएको छ।

सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षारोपण गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ