arrow

एमालेको गढ धनकुटामा गठबन्धन गरेरै भए पनि हराउने सत्तारुढ दलको दाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
local-level-election-everytime1.jpg

धनकुटा । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ-आफ्नो सक्रियता बढाएका हुन् । 

नेकपा (एमाले)को पकड रहेको धनकुटामा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा रहेका छन् । एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो । राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्लस्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति दिनेश राईले बताए । 

सत्तारुढ दलले गठबन्धन गरेरै भए पनि एमालेले धनकुटाका ६० मध्ये ५२ वडामा र सातवटै तहमा विजयी हासिल गर्ने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले जिकिर गरे । 

गएको निर्वाचनमा झरेको मत परिणामलाई हेर्दा सरकार सम्बद्ध दलबीच गठबन्धन हुँदा एमालेभन्दा गठबन्धन निकै मतले अगाडि रहेकाले पनि गठबन्धन दलका उम्मेदवार विजयी हुने नेकपा (माओवादी केन्द्र)का नेता ऋषिराम ढुङ्गानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ