arrow

निर्वाचनकै मुखमा नेपालगन्ज १५ का वडाध्यक्ष कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
ballak-kabadiya.jpg

नेपालगन्ज । स्थानीय तह निर्वाचनकै मुखमा नेपालगन्ज वडा नम्बर १५ का वडा अध्यक्ष वल्लन कवडिया नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

अध्यक्ष कवडिया जनता समाजवादी (जसपा)  पार्टीबाट गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर १५ बाट वडा  निर्वाचित भएका थिए ।  '

घर-घर जाऔँ, कांग्रेस जिताऔँ' अभियान अन्तर्गत आज आयोजित एक कार्यक्रममा अध्यक्ष कवडियासहित डेढ सय बढी कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, प्रदेश सभा २ ख का सभापति जितेन्द्र हमाल, नगर सभापति प्रशान्त विष्ट, कांग्रेस नेता वीरेन्द्र शाह लगायतको उपस्थित थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ