arrow

भारत रक्षा क्षेत्रको व्यापारमा फडको मार्दै, जापान लगायतका ४२ देशलाई हतियार निर्यात गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत २२ मंगलबार
india-defence.jpg

काठमाडौँ। पछिल्लो आठ वर्षमा भारतको रक्षा क्षेत्रमा मात्र आफू बलियो भएको छैन बरु दक्षिण पूर्व एसियाको देशहरूमा पनि हतियार बेच्न सुरु गर्दै छ। विश्वको दोस्रो नम्बरको हतियार आयात गर्ने देश कसरी अब हतियारहरूको निर्यातमा पाइला बढाउँदै छ।

पछिल्लो आठ वर्षमा भारतको रक्षा निर्यातमा करिब छ गुना वृद्धि भएको छ। फिलीपिन्ससंगको २७७० करोड रुपैयाँको रक्षा व्यापार माइल्ड स्टोन साबित भएको हो।

दक्षिण पूर्व एसियामा भारतको पकड पनि बढ्दै गइरहेको छ। हतियार निर्यातले भारतलाई आयमा मात्र होइन बरु सामरिक दृष्टिकोणले पनि धेरै महत्त्वपूर्ण दक्षिण पूर्व एसियामा वर्चस्व बढ्नेछ। फिलिपिन्स पछि भियतनाम र इन्डोनेसिया जस्तो देशहरूले पनि भारतबाट हतियार किन्नेमा उत्सुकता देखाउदैछ। पुरानो मित्र राष्ट्र हरु संग भारतले सम्बन्धमा  नवीनता र प्रगाढता ल्याउन अझ आवश्यक छ जो हतियार व्यापारबाट प्राप्त हुन्छ। 

ब्रह्मोस मिसाइल लगायत आकाश एयर डिफेन्स प्रणालीको पनि धेरै माग छ। साउदी अरब र संयुक्त अरबइमिरेट्स यो हतियारहरू खरिद गर्न इच्छुक छ। भारतबाट करिब ४२ देशले रक्षा आयात गर्छ। जसमा कतार, लेबनान, इराक, इक्वाडोर र जापान आदि छ। यसमा प्रमुख रूपले युद्धको स्थितिमा शरीरको सुरक्षा गर्ने बडी प्रोटेक्टिंग उपकरण समावेश छ। तटीय निगरानी प्रणाली, रडार र एयर प्लेटफार्ममा पनि केही देशले रुचि देखाएको छ।

भारत सरकारको रक्षा बजेट लगातार बढ्दै गएको छ र रक्षा आयात कम गर्दै गएको छ। अहिले समाप्त भएको आर्थिक वर्षमा भारतले ११,६०७ करोडको रक्षा निर्यात गर्‍यो। यस तथ्याङ्कको महत्त्व बुझ्नको लागि वर्ष २०१४-१५ को तथ्याङ्क हेर्नु पर्छ। सो वर्ष १९४१ करोडको हतियार निर्यात भएको थियो। वर्ष २०१३-१४ बाट भारतको रक्षा बजेट अहिले करिब दुई गुणा भैसकेको छ। २०२० मा १०१ रक्षा उपकरणहरू आयात गर्न रोक लगायो र ४६० भन्दा बढी लाइसेन्स जारी गर्‍यो।

स्टाकहोम इंटनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) को रिपोर्ट अनुसार २०१२-१६ र २०१७-२१ मा रक्षा आयात २१ प्रतिशत कम भएको छ। रक्षा आयात कम हुनाले करिब प्रतिवर्ष ३ हजार करोड रुपियाँको बचत भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ