arrow

उपाध्यक्षसँग सुत्केरी भेटघाट

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७८ चैत २५ शुक्रबार
277833926_2760316557610036_6753574632981767167_n.jpg

नवलपरासी पश्चिम । प्रतापपुर गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम शुभारम्भ गरेको छ । प्रतापपुर स्वास्थ्य चौकीको सभाहलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । 

वडा नं ८ का वडा अध्यक्ष कादिर अलि अन्सारीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अंजुकुमारी प्रमुख अतिथी रहेकी थिइन् । आमालाई पौस्टिक आहार आवश्यक पर्ने भएकाले यस्तो कार्यक्रमको शुरुआत गरिएको बताइन् । 

चौधरीले सुत्केरी अवस्थामा सुत्केरी महिलाहरु घरायसी कामसँगै आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताइन् । आमा र बच्चाको खानेकुरामा ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो । 

चौधरीले सुत्केरी आमाको सुत्केरी भत्ता सहित चेकजाँच र स्वास्थ्य शाखाबाट उपलब्ध पौष्टिक आहार उनीहरुको घरमै पुर्याउनु पर्ने बताइन् । उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी ६० दिनको आमालाई मीठो दलिया मिक्स खिचडी, हलुवा जस्ता पौष्टिक आहार वितरण गरिएको थियो । 

प्रतापपुर स्वास्थ्य शाखाले एक हजार भन्दा बढी ६० दिनको सुत्केरी आमालाई पौष्टिक आहार वितरण गर्ने जनाएको छ । 

शुभारम्भ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहर, प्रतापपुर गाउँपालिका कार्यसमिति सदस्य सहिबुन नेशा, संगिता हरिजन, संगिता धोबी, प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल, स्वास्थ्य शाखा हेअ विनोद कुमार कोहार लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ