arrow

मकवानपुरमा ३५ किलो लागूऔषध गाँजासहित ५ जना पक्राउ

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २७ आइतबार
ajjaaa.jpg

मकवानपुर। मकवानपुर प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा जादै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई  गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-१ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ