arrow

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २७ आइतबार
1.jpg

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा शक्ति प्रदर्शन गरेको छ। कमल थापाको गृह जिल्लामा आएर आइतबार राप्रपाले शक्ति प्रदर्शन गरेको हो देशब्यापी आमसभा गर्दै हिडेको राप्रपाले हेटौंडाको हुप्रचौरमा आमसभा गर्यो ।

कार्यक्रममा अभिनेत्रीसमेत रहेकी पार्टीकी केन्द्रीय सदस्य रेखा थापा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका थिए ।कार्यक्रममा नेत्री रेखा थापाले आफ्नो पार्टी जनताको सेवक बन्ने अवसर दिन आग्रह गरिन् । उनले अन्य पार्टीमा भोट हालेर पश्चातापमा नगर्न र मौलिकता बचाउने, आफ्नो हक अधिकार सुनिश्चित गर्न राप्रपा रोज्नु पर्ने बताईन् ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बिगत लामो समयदेखि सिटि पार्टी र सिमित नेताहरुले देशलाई बन्धक बनाएर राखेको आरोप लगाए ।

उनले देशको कुनै पनि राजनीतिक दल देखेर कुनै पनि क्षेत्रका नागरिक खुशी नभएको बताउँदै नेपाली रुपैयाँ अहिले नेता तथा कालोबजारी गर्नेको घरमा थन्किएर बसेकाले देशको अर्थतन्त्र यो हालतमा आएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ