प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
913
Shares
फाइल तस्बिर
काठमाडौँ। प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ। आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो।
सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।