arrow
ADVERTISEMENT

२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन पक्राउ

logo
रासस,
प्रकाशित २०७८ चैत २८ सोमबार
tia-.jpg
फाइल तस्बिर

काठमाडौँ। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। एयर अरेबियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए। बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन्। तीनै जनाले पाइन्टकोकम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए। उक्त सुनको मूल्य रु २५ लाख ५६ हजारभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ