arrow

सरकारले पुँजीगत खर्च गर्न सकेन, आठ महिनामा ७७ अर्ब मात्र सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
nrb-bank-central-bank.jpg
फाइल तस्बिर

काठमाडौँ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा सङ्घीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ।

उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ।

यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ