arrow

हेटौंडामा गठबन्धन अलमलमा, कांग्रेसभित्रै किचलो

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
gathabandha.jpg

हेटौंडा । स्थानीय चुनाव नजिकिदै जाँदा मकवानपुरमा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाउने र सिफारिस गर्ने काम गरिरहेको छ । एमालेको गढ भनेर चिनिने मकवानपुरमा पार्टी फुटेर नेकपा समाजवादी बनेपछी यो चुनावमा एमालेलाई चुनौती थपिएको छ । यद्दपी १ गतेदेखि घरदैलो अभियानको थालनी गर्दै २५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरि एमाले चुनावमा होमिएको छ ।

उता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका ५ दलीय गठबन्धन भने भागबण्डा मै अल्मलिएको छ । उम्मेदवारको टुंगो त परको कुरो, कुन स्थानीय तह कसले लिने भनि भागबण्डाको सहमति अझै नहुदा नेता तथा कार्यकर्ता त्यसै रुमलिएका छन् । १० स्थानीयतह रहेको मकवानपुरमा गठबन्धनले कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । अब केहिदिनमै भागबण्डा मिलाएर कुन स्थानीय तह कसले पाउने भन्ने निर्णय गर्ने गठवन्धनको नेतृत्व गरेको कांग्रेस मकवानपुरले जनाएको छ ।

गठबन्धनको केन्द्रको निर्णय र सहमति अनुसार यसअघि जुन स्थानीयतह जसले जितेको हो, उसैले पाउने गरी सहमति भए मकवानपुरको कैलास गाउँपालिका र इन्द्रसरोबर गाउँपालिका नेकपा एसको भागमा, थाहा नगरपालिका र बागमती बाउँपालिका माओवादी केन्द्रको भागमा र बकैया र राक्सिरांग गाउपालिका कांग्रेसको भागमा पर्छन् । यी बाहेकका ४ गाउँपालिकामा भागबण्डा गरिने गठबन्धनले जनाएको छ ।

यता बागमती प्रदेशकै राजधानी हेटौंडाको मेयर कसले लिने भन्नेमा गठबन्धन भित्र हानाथाप चलिरहेको छ । गठबन्धनको बलियो दल भएकाले मेयर कांग्रेसले पाउनुपर्ने कांग्रेसको माग छ । अघिल्लो चुनावमा हेटौंडामा एमालेले प्रमुख उपप्रमुख जितेको थियो । कांग्रेस मावोबादीकोको गठबन्धनका उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीलाई जम्मा ५१६ मतले पराजित गर्दै एमालेका हरि बहादुर महत मेयर बनेका थिए । महतले २३ हजार १२४ मतका साथ जित हासिल गर्दा काँग्रेसका पराजुलीले २२ हजार ७०९ मत पाएका थिए । पराजुलीको पक्षमा खसेको ७ हजार २०४ मत बदर भएको थियो ।

उता अघिल्लो चुनावमा एमालेबाट उपमेयर जितेकी मिना लामा अहिले समाजवादीमा छिन् । त्यसैले अहिले एकीकृत समाजवादीले मेयर पाउनुपर्ने उसको माग छ ।

अर्को तर्फ कांग्रेस भित्रै नेताहरुमा चरम अशन्तुष्टी बढेपछी कांग्रेसमा आन्तरिक किचलो बढ्दै गएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको ग्रिह नगर भएकाले पनि यहाँ बानियाँले जे भन्यो त्यहि चल्ने कांग्रेसनेताहरु नै बताउछन् । कांग्रेस भित्र सस्थापन पक्षले पार्टीनै व्यक्तिवादी बनाउदै लगेको भन्दै नेता तथा कार्यकर्ताले विरोध पनि जनाइरहेका छन् ।

अघिल्लो निर्वाचनमा आफ्नो राम्रो मत आएकोले हेटौंडा उपमहानगरपालिका कांग्रेसले नै पाउनुपर्ने र मेयरको उम्मेदवार आफै भएको कांग्रेस नेता आनन्दराम पराजुली बताउछन् । पराजुलीले मेयरको दावी गरेपनि प्रदेश सभापति बानियाँले हेटौंडा उपमहानगरमा आफ्ना पक्षका राजेश बानियाँलाई मेयरको टिकट दिने चर्चा  छ । यदि कांग्रेसकै आनन्दराम पराजुलीले विरोध जनाउन थालेभने हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने कुरा भएको कांग्रेस विशेष स्रोतले बताएको छ ।

यसरी कांग्रेस भित्र किचलो हुदा गठबन्धनको भागबण्डा तत्काल मिल्न सक्ने अवस्था देखिएको छैन । उता गठबन्धनका अन्य दल जनता समाजवादी र जनमोर्चाले पनि स्थानीय तहमा आफुहरुले भाग पाउनुपर्ने भन्दै अडान लिएर बसेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ