arrow

श्रीलङ्काले आईएमएफसँग निर्णायक छलफल गर्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ४ आइतबार
srilanka-flag.jpg
फाइल तस्बिर

कोलम्बो। श्रीलङ्का सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ। 

वित्त मन्त्री अली सबारीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल विरासिङ्हे पनि रहेका छन्।

प्रतिनिधिमण्डलले आईएमएफ मुख्यालयको भ्रमण गर्ने र अबको केही दिनमा छलफल गर्ने छ। साबेरीले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार छलफल सफल भयो भने आर्थिक रूपमा सङ्कटग्रस्त श्रीलङ्कामा आईएमएफबाट लगभग चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ।

श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको सामना गर्दै आएको छ र विदेशी सञ्चिति दुई अर्ब डलरभन्दा तल रहेको छ। श्रीलङ्काको वित्त मन्त्रालयले मङ्गलवार आईएमएफद्वारा समर्थित व्यवस्थित र सहमति पुनर्गठन कार्यक्रम नराख्दासम्म सरकारले प्रभावित सबै कर्जाको सामान्य ऋण सेवालाई अस्थायी अवधिको लागि रोक्ने निर्णय गरेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ