arrow

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
APF1.jpg
फाइल तस्बिर

काठमाडौँ। सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ। सात दिनभित्रमा कहीँ कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उनलाई एआईजीमा बढुवा गर्नेछ।

एआईजीमा बढुवा भएसँगै अर्याललाई भावी महानिरीक्षकका लागि बाटो खुलेको छ। गत ३० चैतमा पुष्पराम केसी महानिरीक्षकमा बढुवा भएका थिए। ३० वर्षे सेवा अवधिका कारण उनी यही १८ वैशाखमा अवकाश पाउँदछन्।

उनले अवकाश पाएसँगै अर्यालले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने मौका पाउने सम्भावना छ। सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ।

२०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए। सशस्त्र प्रहरी बलको प्रवक्ताको रूपमा समेत काम गरिसकेका अर्याल राम्रो सम्पर्क भएका कमान्डरको रूपमा चिनिन्छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ