arrow

विकिलिक्सका संस्थापकलाई अमेरिका सुपुर्दगी गर्न बेलायती अदालतले दियो आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
julian-assange.jpg

काठमाडौं । बेलायती अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न औपचारिक आदेश दिएको छ ।

लन्डनको एक अदालतले उनको हस्तान्तरणको आदेश बेलायती सरकारलाई स्वीकृतिको लागि पठाएसँगै उनी अमेरिका सुपुर्दगी हुने सम्भावना निकै बलियो बनेको हो ।

विकिलिक्सका संस्थापक जुलियन असान्ज लन्डनबाट पक्राउ

असान्जमाथि अमेरिकाले सन् २०१० मा इराक र अफगानिस्तान युद्धसम्बन्धीका आफ्ना कागजातहरू ह्याकर्स नियुक्त गरी कम्प्युटर प्रणालीभित्रबाट लिक गरेको आरोप लगाएको छ । 

अमेरिकाले असान्जमाथि विभिन्न १८ वटा अभियोग लगाएको छ । ती आरोप साबित भएमा उनलाई १७५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

अदालतले बुधवारको सुनुवाइमा औपचारिक सुपुर्दगी आदेश जारी गरेको हो । अब, बेलायती गृहमन्त्री प्रिती पटेलले यसलाई स्वीकृत गरेमा असान्ज अमेरिका सुपुर्दगी हुनेछन् ।

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

५० वर्षीय अष्ट्रेलियाली असान्जले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए । सन् २०१० मा अमेरिकी कागजात लिक गरेको भनेपछि उनी चर्चामा आएका थिए ।

करिब ३ वर्षअघि बेलायती प्रहरीले असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको थियो । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरे लगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ