असान्जमाथि अमेरिकाले सन् २०१० मा इराक र अफगानिस्तान युद्धसम्बन्धीका आफ्ना कागजातहरू ह्याकर्स नियुक्त गरी कम्प्युटर प्रणालीभित्रबाट लिक गरेको आरोप लगाएको छ ।
अमेरिकाले असान्जमाथि विभिन्न १८ वटा अभियोग लगाएको छ । ती आरोप साबित भएमा उनलाई १७५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
अदालतले बुधवारको सुनुवाइमा औपचारिक सुपुर्दगी आदेश जारी गरेको हो । अब, बेलायती गृहमन्त्री प्रिती पटेलले यसलाई स्वीकृत गरेमा असान्ज अमेरिका सुपुर्दगी हुनेछन् ।
५० वर्षीय अष्ट्रेलियाली असान्जले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए । सन् २०१० मा अमेरिकी कागजात लिक गरेको भनेपछि उनी चर्चामा आएका थिए ।
करिब ३ वर्षअघि बेलायती प्रहरीले असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको थियो । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरे लगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको थियो ।