arrow

विकिलिक्सका संस्थापक जुलियन असान्ज लन्डनबाट पक्राउ

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
julian-assange.jpg

लन्डन । बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ ।

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बस्नुभएको थियो । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उहाँले दाबी गर्दै आउनुभएको थियो ।

उहाँमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल (पत्राचार) विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ