arrow

पल शाह प्रकरण: किशोरीले नवलपुरको जिल्ला अदालतमा पनि फेरिन् बयान

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
thumb.jpg

नवलपुर । अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले जिल्ला अदालत  नवलपुरमा पनि शाहले बयान फेरेकी छिन । 

पीडित भनिएकी युवतीले बुधबार जिल्ला अदालत नवलपुरमा आफूलाई अभिनेता शाहले बलात्कार नगरेको बयान दिएकी अदालत स्रोतले बतायो । बयानमा युवतीले पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।

ती किशोरीले आफूले अरूको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् ।  अभिनेता शाहलाई तनहुँबाट बुधबार नवलपुर स्थित अदालतमा ल्याइएको छ ।

गत चैत २३ गते जिल्ला अदालत नवलपुरमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट नवलपुरमा ल्याइएको हो ।

बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मङ्गलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरूको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।

दिएको बयानमा गैँडाकोटमा एक वर्षअघि फिल्मी गीत छायाङ्कनका क्रममा आफूलाई शाहले जबरजस्ती नगरेको बताएको र पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरेको स्रोतले बतायो । 

उनै किशोरीले शाहले आफूलाई बलात्कार गरेको आरोप लगाएर तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी गरेकी थिइन् । बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मङ्गलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरूको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ