arrow

एमाले र लोसपावीच वीरगञ्जमा चुनावी तालमेल, सरावगी मेयरका उम्मेदवार  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
uml-losapa.PNG

वीरगञ्ज ।  वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन् ।

सहमतिका विषय दुबै दलले वीरगन्जको होटेल भिषूवामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन । तालमेल अनुसार महानगरको प्रमुखको उम्मेदवार नेकपा एमालेले र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीले पाउने गरि दुबै दलले सहमति गरेका छन् ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् । वडाको उम्मेदवारी आपसी सहमतिमा गरिने दुबै पार्टीले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महानगरवासीको हरेक दुख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप९प्रमुखमा लोसपा नेपालको नेतृत्व गर्ने कुरा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । 

पत्रकार सम्मेलनमा एमालेका सचिव मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य एवं सह इन्चार्ज पुरुषोत्तम पौडेल एमालेको तर्फबाट वीरगन्ज महानगरका प्रस्तावित मेयरका उम्मेदवार विजय कुमार सरावगी सहभागसि थिए । 

भने लोसपा नेता लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव , लोसपा पर्साका इन्चार्ज रमेश पटेल नेता प्रह्लाद गिरी संविधान सभाका सदस्य बिचारी यादव लगायतका नेताहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ