arrow

दार्चुलामा कोरोनाको बुस्टर डोज दिइने, मौज्दात खोप महाकालीमा लगाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
corona-vaccine-janssen.jpg

दार्चुला । दार्चुलामा करोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप पाएका नागरिकहरूलाई बुस्टर डोज लगाइने भएको छ । कोभिड-१९ विरुद्ध खोपको दोस्रो मात्रा लगाएर ३ महिना पूरा भएका सम्पूर्ण नागरिकहरूलाई तेस्रो मात्रा स्वरुप बुस्टर डोज दिइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

नेपाल सरकारको नीति अनुरूप लक्षित समूहका सबै नागरिकहरूलाई कोभिडविरुद्ध खोप प्रदान गर्न जिल्लामा खोप लगाउन बाँकी नागरिकलाई खोप दिने र पूर्ण मात्रा खोप पाएकाहरूलाई अभियान सञ्चालन गरेर बुस्टर डोज दिने निर्णय भएको कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार बुस्टर डोजका लागि ४५ हजार खोप माग गरिएको छ । माग गरिएको खोप छिट्टै उपलब्ध हुन सके चुनाव अगावै वैशाख २० गतेभित्र अभियान सञ्चालन गरेर जिल्लाभरि खोप लगाइने उनले बताए । 

यस्तै हाल जिल्लाको भ्याक्सिन स्टोरमा मौज्दात ४ हजार डोज एष्ट्राजेनिका र १ हजार कोभिशिल्ड खोप सदरमुकामस्थित महाकाली नगरपालिकाका नागरिकलाई लगाइने भएको छ । भण्डारणको समस्याका कारण अहिले नजिकको नगरपालिकामा दिइने तथा थप खोप आपूर्ति भएपछि जिल्लाभरि नै दिइने स्वास्थ्य प्रमुख भट्टको भनाइ छ । 

वैशाख १२ र १३ गते (दुई दिन) अभियान सञ्चालन गरेर बुस्टर डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सम्पूर्ण स्वास्थ्य संस्थाहरूका खोप केन्द्रबाट लगाउन सकिनेछ । दार्चुलामा ९० हजार बढीले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ