arrow

यूएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री अमेरिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
ramkumari-jhakri-bidesh-jadai.JPG

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटाटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । 

उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव  विष्णुप्रसाद शर्माले जानकारी दिए । यूएन ह्वाबिटाट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताइन् । 

मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुनेछन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ